नियम २१
प्रगति विवरण पेश गर्नु पर्ने
(१) समूहले सो समूहबाट भए गरेका काम कारबाहीको विवरण सहितको प्रतिवेदन प्रत्येक तीन महिनामा कल्याणकारी अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) कल्याणकारी अधिकृतले समूहद्धारा गरिएको काम कारबाहीको जुनसुकै समयमा निरीक्षण गरी समूहलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित समूहको कर्तव्य हुनेछ ।